काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा देशभर घृणा र द्वेष फैलाउने कार्य गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एमालेको जनप्रदर्शन तथा जनसभामा सम्बोधन गर्दै उनले सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे । उनका अनुसार सरकारले जेनजीको नाममा केहीलाई बोलाएर सामाजिक अराजकता बढाउने प्रयास भइरहेको छ ।
ओलीले भने, ‘काम गर्न नसक्ने, भ्रष्टाचारमा चुर्लुम्म डुबेको यो नक्कली सरकारले जेनजीका नाममा केही मानिसलाई बोलाएर आफैँले तयार पारेका माग प्रस्तुत गराउने, आफ्नो विरोध गर्ने वातावरण सृजना गर्ने तालिम दिएको छ। त्यसैको नाममा घृणा र द्वेष फैलाइँदैछ।’
उनले वर्तमान सरकारलाई असंवैधानिक भन्दै त्यसको विरोध गर्नु अपरिहार्य भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया