काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन प्रक्रिया अगाडि बढाउन इच्छुक नरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको जनप्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा निर्वाचन अनिवार्य भए पनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नसकेको दाबी गरे ।
उनका अनुसार सरकार सुरक्षा निकायको मनोबल समेत उठाउन असफल भएको छ ।
उनले भदौ २४ गतेका घटनामा नेपाल प्रहरीले सबैभन्दा ठुलो क्षति बेहोरेको उल्लेख गर्दै, प्रहरीका कार्यालयहरू ध्वस्त पारिएको, हतियार तथा गोलीगठ्ठा लुटिएको र त्यसपछिको अवस्थामा प्रहरीको मनोबल कमजोर पारिएको बताए। पोखरेलका अनुसार सरकार भने अझै पनि त्यसको प्रभावकारक व्यवस्थापन र मनोबल पुनःस्थापनामा चासो देखाउन सकेको छैन ।
महासचिव पोखरेलले एमालेका कार्यक्रमहरू रोकिने गरी सरकारले षड्यन्त्रपूर्ण गतिविधि गरिरहेको आरोप पनि लगाए । उनले राजनीतिक दलहरूको स्वतन्त्र क्रियाकलाप रोक्ने प्रयास लोकतान्त्रिक मूल्य मान्यताको विपरीत भएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया