काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकले चुनावमा भाग लिने निर्णय गर्ने तयारीमा छ । असोज २८ गतेदेखि जारी बैठकले आज यो निर्णय गर्न लागेको हो ।
पार्टीको सानेपा कार्यालयमा बस्ने बैठकअघि शीर्ष नेताहरूले आन्तरिक छलफल गरिरहेका छन् ।
कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा विवाद चलेको थियो, जसका कारण बैठक लामो समयसम्म अनिर्णयमा रह्यो ।
माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगले भोलिसम्मको मिति तोकेकाले कांग्रेस आज बाध्य भएर निर्णय गर्न लागेको हो । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता मिति पनि तोकिएको छ ।
तर, निर्वाचनमा निर्णय गरे पनि महाधिवेशनबारे अहिलेसम्म कुनै सहमति बन्न सकेको छैन । केही नेताहरू पुसभित्र नियमित महाधिवेशन गर्न चाहन्छन् भने अन्य नेताहरू विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया