बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनःस्थापित

लोकपथ
112
Shares

काठमाडौं । वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरी भएको ऐतिहासिक तोरण पुनःस्थापित गरिएको छ ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा मंसिर १ गते बसेको बैठकले तोरण फिर्ता गराउने निर्णय गरेको थियो । 

विसं २०५६ सालमा चोरी भएको तोरण पछि संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा फेला परेपछि राष्ट्रिय संग्रहालय छाउनीमा सुरक्षित राखिएको थियो ।

तोरण फिर्ता ल्याउँदा उपप्रमुख डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा न. २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौतम शाक्यसहित सम्बन्धित अधिकारीहरू संग्रहालय पुगेका थिए । उनले तोरण बुझ्दा हस्ताक्षर र औँठाछाप लगाएर फिर्ता लिएका थिए ।

सम्पदा संरक्षणकर्मी र स्थानीयबासीहरुको उल्लासमय सहभागितासहित तोरण पुनःस्थापित गरिएको हो ।

कुमारी घरको भुईँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फ पाँचौँ नम्बरमा रहेको अर्धगोलाकार काठको तोरण १७-१८औँ शताब्दीमा निर्माण भएको हो । यसको लम्बाइ १०४.५५ सेन्टिमिटर छ र कुमारी बहाल राजा जयप्रकाश मल्लको पालामा विसं १८१४० निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?