ट्रम्पको २८ बुँदे युक्रेन शान्ति योजना सार्वजनिक

लोकपथ
119
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि आफ्नो प्रशासनले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजनामा युक्रेनले नोभेम्बर २७ भित्र निर्णय दिनुपर्ने समयसीमा तोकेका छन्  । 

ट्रम्पले यदि प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको खण्डमा समयसीमा थपिन सक्ने  बताए  । 

उनका अनुसार युक्रेन लगातार भूमि गुमाइरहेको र निकट भविष्यमा अझै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था देखिएको छ ।

यता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको फोन वार्तापछि अमेरिका र युरोपसँग सहकार्यमा शान्तिको सम्भावना खोज्न युक्रेन तयार रहेको बताएका छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले देशले ‘धेरै कठिन विकल्प’ सामना गर्नुपर्ने स्थिति आउन सक्ने उल्लेख गर्दै युक्रेनले शान्ति–प्रक्रिया अघि बढाउन राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको स्तरमै समन्वय गर्ने निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?