काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक दलका सडक गतिविधि क्रमशः घट्दै गए पनि नेकपा एमाले भने आज शनिबार राजधानीमा केन्द्रीयस्तरको शक्ति प्रदर्शन गर्दैछ ।
एमालेले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनी मार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ गर्ने तयारी गरेको हो ।
पार्टीका नेता-कार्यकर्ता, जनसंगठन तथा सम्पर्क समन्वय समितिबाट सहभागी र्याली प्रदर्शनी मार्गमा जुटेर रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डप पुग्ने कार्यक्रम रहेको छ ।
भृकुटीमण्डपमै आमसभा आयोजना हुने र सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया