उज्यालो नेपाल पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

लोकपथ
217
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगबाट दर्ता सम्पन्न गरेसँगै अब पार्टीले औपचारिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको हो ।

पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन् । उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ तोकिएको छ ।

दल दर्तासँगै पार्टीले निकट भविष्यमै भव्य घोषणा–सभाको आयोजना गर्ने जनाएको छ । पार्टीका अनुसार घोषणा–सभामार्फत राष्ट्रिय स्तरमा आफ्नो एजेण्डा सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?