काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रनको प्रतिस्पर्धात्मक योगफल बनायो ।
सुदूरपश्चिमका ओपनर जोश ब्राउन उत्कृष्ट फर्ममा रहे । उनले ६८ रनको धमाकेदार इनिङ खेलेका छन् । ब्राउनले विनोद भण्डारीसँग पहिलो विकेटका लागि १०८ रनको महत्वपूर्ण साझेदारी गरे । विनोद ४३ रन बनाएर आउट भएका थिए ।
त्यसपछि क्रीस लिनले ३१ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए । हर्मीत सिंह ४ रनमा तथा स्कट कुइगेलेन ८ रनमा आउट भए ।
अब पोखरा एभेन्जर्सले १९४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया