पाकिस्तानको फैसलाबादमा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु

लोकपथ
91
Shares

 काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् ।

आपतकाल सेवाका प्रवक्ता फारूक अहमदले प्रारम्भिक जाँचका क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन् ।

उनले विस्फोटबाट कारखाना नजिकका नौ घर प्रभावित भएको जानकारी दिए । मृतकमध्ये तीन जना मजदुर र बाँकी स्थानीय बासिन्दा रहेका बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?