काठमाडौं । माइतीघर मण्डलामा छुट्टाछुट्टै प्रर्दशन भइरहेको छ । नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्सको घोषणा गर्दैछ । एमालेले जेनजी आन्दोलनपछि आफूहरुमाथि प्रहार भइरहेको भन्दै नेशनल भोलेन्टियर फोर्सको घोषणा गर्न लागेको हो ।
त्यसअघि आज मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्याली सुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ ।
शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिनेछ । फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।
यता आज नै जेनजीका घाइते समूहले काठमाडौंको माइतीघर मण्डलामा नै धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए ।
दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया