धनकुटामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

लोकपथ
189
Shares

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गतको धनकुटाको पाख्रिबासमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी संखुवासभाको सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो । 

पाख्रिबास नगरपालिका–५, भैँसेस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको बा४ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सो बस सडकबाट करिब ६०–७० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते १४ मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?