काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबिच आज भेटवार्ता भएको छ ।
उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् ।
भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भन्े, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ ।’
त्यस्तै पछिल्ला दिनहरुमा प्रधानमन्त्री कार्कीले राजनीतिक छलफललाई तीव्रता दिएकी दिइरहेकी छन् । सरकारले आगामी फागुन २१ को निर्वाचनका लागि राजनीतिक दलहरुसँग संवादको वातावरण नबनाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्कीले भेटघाटलाई तीव्रता दिएकी हुन् ।
त्यसो त बुधबार मात्रै प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया