नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबिच एकता अन्तिम चरणमा

लोकपथ
798
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकीकरण अन्तिम चरणमा पुगेको छ ।

बिहीबार पेरिसडाँडामा भएको पार्टीहरुको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनकाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार फेरी कार्यदलस्तरीय छलफल हुनेछ ।

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका बिचमा हामीले वार्ता कार्यदलस्तरमा घनिभूत छलफल गर्यौं । हिजो हामीले राजनीतिक र सैद्धान्तिक विषयमा अलि बढी छलफल गरेका थियौँ । संगठनात्मक विषयमा समेत छलफल गरेका थियौं भने आज अलि यसलाई निष्कर्षमा पुर्याउने किसिमले छलफल गर्यौं । र आज हामीले सहमतिको एउटा ड्राफ्ट तयार पार्यौं । त्यसमा छलफल गर्यौं र त्यसलाई अन्तिम रुप दिनेगरी अर्को दिन बस्ने निर्णय गरेका छौँ । साथिहरुले केही महत्वपूर्ण सुझाव समेत दिनुभएको छ । र भोलि हामी सहमतिलाई अन्तिम रुप दिन्छौँ । अब एकता प्रक्रिया अब अन्तिम अवस्थातिर पुगेको छ ।’

नेपाली कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?