दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

लोकपथ
609
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बन्दी प्रत्येक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै उपस्थित गराउन भनेको हो ।

उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा निराजन प्रसाईँले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतलाई विपक्षी बनाइ निवेदन दिएका थिए ।

सो निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रसाईँलाई थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको हो ।

प्रसाईँले प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरुविरुद्ध गलत अभिव्यक्ति दिनुका साथै उनले आन्तरिक शान्ति सुरक्षामा समेत खलल पुर्याउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई केही दिनअघि मध्यराति भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएका प्रसाईँ हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?