काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा दुई दिनदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति चासो व्यक्त गरेका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले अवस्था थप बिग्रन नदिन सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन् । प्रचण्डले लोकतान्त्रिक प्रणालीमा मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसा र उत्तेजनामा बदलिनु गलत भएको बताए ।
उनका अनुसार राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै सबै नेता–कार्यकर्ताले स्वतन्त्र रूपमा हिँडडुल र कार्यक्रम गर्न सक्ने वातावरण सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा देखा परेका तनावप्रति चासो व्यक्त गर्दै उनले कुनै पनि घटनाले चुनावमा नकारात्मक असर नपारोस् भन्ने आग्रह पनि गरेका छन् ।
उनले आफ्ना दल तथा कार्यकर्तालाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया