राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

लोकपथ
196
Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी छ ।  प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठक केहीबेर अघि सुरु भएको हो । 

बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी  छन् ।  

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो । जेनजी युवाहरूले बुधबार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । 

एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । 

आज पनि आन्दोलन जारी राखेपछि बारामा बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । सिमराको अवस्था बिहीबार पनि सामान्य नभएपछि परिषद् बैठक बोलाइएको हो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?