काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन् ।
उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निर्माणाधीन संसद् भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ । राष्ट्रिय सभा अहिले पनि जारी छ । त्यसको हल छैन । राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन । त्यसको लागि अरू नै विकल्प खोज्नुपर्ने आवश्यकता छ । प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्ने गरी जानुपर्छ । त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ । उहाँहरुको भनाइअनुसार अहिले ३ सय ५० जनाको श्रमशक्ति लागिरहेको छ भन्ने छ । आवश्यक सामानहरू पनि आएको भनेर भन्नुभएको छ । तर गति चाहिँ अलिकति सन्तोषजनक नभए पनि स्पीड लिएको हुँदा खेरी आशा राख्ने ठाउँ छ ।’
निर्माणाधीन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया