सिमरामा फेरि कर्फ्यु लगाइयो

लोकपथ
469
Shares

काठमाडौं । बाराको सिमरामा आज पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । 

वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दायाँ बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको हो ।

जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताहरूलाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए । जेन–जी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरुद्ध छ । यस्तै, सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् । उनीहरूले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेताहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?