मतदाता नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी 

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । 

फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ । 

आफूलाई आजै दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन्  । 

‘फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन’, कार्कीले भनिन्, ‘यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?