काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया