काठमाडौं । महाधिवेशनबारे सहमति नजुटेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ ।
आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरी मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
कात्तिक २७ गतेबाट केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ । नेताहरूले धारणा राख्ने क्रम सकिएको र निर्णय लिनुपर्ने भएकाले
सहमति नजुट्दा बैठक पटक पटक स्थगित हुँदै आएको हो ।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ भने विशेष महाधिवेशन कि नियमित भन्ने पनि विवाद छ । विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहल गरे पनि निकास भने निस्कन सकेको छैन ।
सभापति देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्ने गरी बहुमतबाट निर्णय लिनुपर्नेमा छन् । तर सभापति देउवा र कार्यवाहक सभापति खड्काले बहुमतबाट नभई सर्वसम्मत रूपमा निर्णय लिनुपर्ने भन्दै पटक पटक बैठक स्थगित गर्दै आएका छन् ।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काबाहेक सबैले धारणा राखिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया