सिमरा घटनाबारे बोल्यो गृह मन्त्रालय

लोकपथ
5.2k
Shares

काठमाडौं । गृहमन्त्रालयले शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षले संयमता अपनाउन आग्रह गरेको छ ।

बुधबार बाराको सिमरामा नेकपा एमालेका नेताहरु कार्यक्रममा जाने भएसँगै भएको घटनापछि गृहले सो आग्रह गरेको हो ।

गृहले भनेको छ, ‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले त्यसतर्फ गम्भीर रहन सबैपक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ,’ गृहले भनेको छ ।

त्यस्तै वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको समेत दोहोर्याएको छ । साथै मुलुकमा शान्ति कायम गर्दै निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?