मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

लोकपथ
504
Shares

काठमाडौं । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

मधेस प्रदेशका ७४ सांसदहरुले पेस गरेको अविश्वासको प्रस्ताव प्रदेश सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।

नेपाली कांग्रेस र लोसपासहितका दलहरुले मण्डलले पद अनुकुलको आचरण नगरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मधेस प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्‍यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?