काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने तयारीलाई तीव्र बनाएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा सरकार निरन्तर सक्रिय रहेको बताए ।
उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन सकेन भने मुलुक नयाँ प्रकारको जोखिमतर्फ धकेलिन सक्छ ।’
मन्त्री खरेलका अनुसार सरकारले १२३ वटै दर्ता राजनीतिक दलसँग निरन्तर संवाद गर्दै निर्वाचनको तयारी अघि बढाइरहेको छ ।
साथै, निर्वाचनको वातावरण बनाउन राष्ट्रिय सभा तथा संसदीय समितिहरूको भूमिकासमेत अत्यन्त महत्वपूर्ण रहने उल्लेख गरे ।
उनले भने, ‘हामी निर्धारित मितिमा चुनाव गर्न प्रतिबद्ध छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणका कामलाई पनि सरकारले सँगसँगै अघि बढाइरहेको छ ।’
मन्त्री खरेलले संसद, राष्ट्रिय सभा, समितिका सभापति तथा सदस्यहरूसँग सहकार्य गर्दै मुलुकलाई चुनावतर्फ उन्मुख गराउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया