काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन समेत गर्न नदिएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बारामा पार्टीको कार्यक्रम सरकारले गर्न नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
बुधबार बाराको सिमरा एयरपोर्टमा एमालेका कार्यकर्ता र जेनजी पुस्ताबिच झडप हुँदा राष्ट्रिय युवा संघ नेपालको भेलामा जानबाट पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत रोकिएका थिए ।
ओलीले सोही कुरालाई लक्षित गर्दै सभा गर्न नदिने सरकारले कसरी चुनाव गर्छ ? भनि प्रश्न समेत गरे । उनले जेनजीको नाममा बारामा पनि एमालेविरुद्ध ढुंगामुढा गर्न लगाइएको भन्दै सैह्य नहुने चेतावनी समेत दिए ।
उनले भने, ‘बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने । बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । नेताहरू जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमा नै तोडफोड गर्न दिइयो । ५०/६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराई दिने ? अनि सरकार भन्छ चुनाव गर्ने रे । सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’
अध्यक्ष ओलीले विरोधीहरूले हमला गरिरहेको भन्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया