यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णयहरु

लोकपथ
833
Shares

काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २५ वटा निर्णयमध्ये यो एक महत्वपूर्ण निर्णय हो ।

मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद् सम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई परिमार्जन तथा स्पष्टता दिने उद्देश्यले अध्यादेश प्रस्ताव तयार गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । अध्यादेशमार्फत परिषद्को कार्यविधि र निर्णय प्रक्रियालाई व्यवस्थित गर्ने तयारी गरिएको बताइएको छ ।

सोही बैठकका २५ वटा निर्णय आज सरकारका प्रवक्ता जगदीश खरेल सार्वजनिक गरेका हुन् । सरकारका अनुसार अन्य निर्णयहरूमा प्रशासनिक, आर्थिक, कानुनी तथा विकाससम्बन्धी विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?