देशको वर्तमान राजनीति विषम परिस्थितिमा छ : सचिव विश्वकर्मा

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले देश वर्तमानमा राष्ट्रिय राजनीतिक रूपमा विषम परिस्थितिमा रहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सचिव विश्वकर्माले वर्तमान अवस्था सामान्य नभएको भन्दै असामान्य परिस्थितिमा पनि एमाले जनताको अधिकार र संविधानको रक्षा गर्न सडकमा सक्रिय रहेको बताए ।

उनले भने, ‘नेपाली जनताले आफ्नो जीवन, रगत र पसिनासँग साटेर ल्याएको संविधान, ठूलो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हाल मूर्छित पारिएको छ। व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भइरहेका छन्। यस्तो परिस्थितिमा नेकपा एमाले अध्यक्षको नेतृत्वमा देशभर एउटै बुझाइका साथ सडकमा उभिएको छ। असंवैधानिक रुपमा विघटित संसदका सदस्यहरुले कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिसक्नुभएको छ। ’

सचिव विश्वकर्माले एमालेले नेपाली समाजमा आफ्ना धारणा अघि सार्दै जनतालाई सुसूचित गरेको र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्न एकताबद्ध भएर अघि बढिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?