अवैध लागूऔषधसहित एक जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाटअवैध लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इटहरी उपमहानगरपलिका–२० बस्ने ५२ वर्षीय गोबिन्द तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्रामसहित उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो  । 

प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८२०५ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?