जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लएिकी छन् ।

त्रभिुवन वश्विवद्यिालय शक्षिण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परविारसँग उनको अवस्थाबारे जानकारी लिएकी हुन् ।

वीरेन्द्रनगर नगरपालकिा–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थयिो । गोली लागेपछ िउनले दुवै आँखा गुमाएका हुन् ।

उनका बुबा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथ िकारबाही हुनुपर्ने माग गरे ।

उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चन्तिा पन िव्यक्त गरे ।

प्रधानमन्त्री कार्कीले भनिन्, ॅतपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझरिहेको छु। कनिभने हामी पन िआमाबाबु हौँ । सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पन िमहसुस गर्न सक्छु । तर यो समस्या तपाईँको मात्र होइन । उपचारका लाग िसम्भव हुन सक्ने जत िसबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लाग िपन िपहल गरौँला । चन्तिा नगर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?