हामी प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी उपचारक लागि अदालत जान्छौँ : अध्यक्ष ओली

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित अदालत जाने बताएका छन् ।

पार्टीको विघटित प्रतिनिधि सभाका सांसदहरुको मंगलबार च्यासलस्थित मुख्यालयमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटन पूर्णतः असंवैधानिक भएकाले अदालतले पुनःस्थापनाबाहेक अर्को निर्णय गर्न नसक्ने दाबी गरे ।

ओलीले प्रतिनिधि सभा विघटन संविधान र कानुनले नसक्ने काम भएको जिकिर गर्दै वर्तमान सरकारले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको आरोप लगाए । ‘हामी दुई वटै कदम चाल्दै अघि बढ्नेछौँ विघटन अस्वीकार गर्दै कानुनी उपचार खोज्छौँ,‘उनले भने, ‘अदालतले यस कदमको संवैधानिक परीक्षण गर्नैपर्छ, र पुनःस्थापनाबाहेक अर्को संवैधानिक बाटो छैन ।’

उनले संविधान धेरै पटक हेरेको उल्लेख गर्दै विघटन गर्ने निर्णय कुनै पनि आधारमा संविधानसम्मत नठहरिने दाबी दोहोर्‍याए । ओलीले वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई ‘क्रान्ति’का रूपमा चित्रण गरेको आरोप पनि लगाए । ‘यस्तो अराजकताबाट बनेको सरकार संवैधानिक र लोकतान्त्रिक भएको दाबी गर्नै सक्दैन,’उनले भने ।

ओलीको भनाइअनुसार एमाले अब सडकदेखि अदालतसम्म दुवै मोर्चामा सक्रिय हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?