राष्ट्रिय सभाको सचिवमा कँडेल नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागु हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई नियुक्ति गरिएको हो ।

उनको शपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?