काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोबारे आपत्ति जनाएको छ ।
प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँलाई मध्यराति उनको घरबाटै पक्राउ गरेको थियो ।
त्यसबारे आपत्ति जनाउँदै राप्रपाले सरकारले अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको जनाएको छ ।
प्रसाईँ पक्राउ प्रकरणले सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको टिप्पणी गरेको छ ।
‘अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई निजी निवासबाट सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ,’ राप्रपाले भनेको छ, ‘प्रसाईँको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ ।’
त्यस्तै राप्रपाले प्रसाईँलाई बिना शर्त रिहाइ गर्न समेत माग गरेको छ ।
‘प्रसाईँलाई अविलम्ब र बिनाशर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ राप्रपाले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया