कांग्रेसमा महाधिवेशन विवाद : शेखरसँग सम्वादको तयारीमा गगन–विश्व

लोकपथ
175
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पेचिलो बन्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफललाई तीव्रता दिएका छन् ।

महामन्त्रीद्वले डा. शेखर कोइरालासँग सम्वाद अघि बढाउन लागेका हुन् । पार्टी महाधिवेशनको विषयमा समान धारणा बनाउनका लागि महामन्त्रीद्वयले डा. कोइरालासँग छलफलको तयारी गरेका हुन् । यद्यपि छलफलको मिति र स्थानबारे निर्क्यौल भइसकेको छैन ।

कांग्रेसमा महाधिवेशनकै विषय पेचिलो बन्दा एक महिना भन्दा अघिदेखि जारी केन्द्रीय समिति बैठक अनिर्णित बनिरहेको छ । संस्थापन पक्षले महाधिवेशन निर्वाचनपछि गर्ने दबाब बढाइरहँदा महामन्त्रीद्वयले भने नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने सुझाव दिँदै आइरहेका छन् ।

त्यसो त आइतबार महामन्त्री शर्माले सभापति शेरबहादुर देउवा भेटेका थिए । भेटका क्रममा शर्माले निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन मध्ये एक नभए आफूले महामन्त्री पदबाट समेत राजीनामा दिने चेतावनी दिएका थिए ।

यता डा. कोइरालाले पनि आफू निकटका नेताहरुसँगको छलफललाई तीव्रता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?