काठमाडौं । जाडो याम सुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ । स्थानीय व्यवसायीका अनुसार, हिजोआज स्वीटर, ज्याकेट, कोट र पाइन्ट किन्न ग्राहक पसलमा आउँछन् । तर, व्यापारीहरू यस वर्ष धेरै उत्साहित भने देखिँदैनन्, किनभने ग्राहक संख्या घटेको छ ।
कपडा व्यवसायी चन्दकुमार नायकले भने, ‘पहिलेको तुलनामा मान्छे कम आएका कारण व्यापार घटेको छ । अहिले हाइनक, ज्याकेट, टाउजरको विक्री बढी छ। कपडाको मूल्य १०००–१२०० रुपैयाँको बीचमा छ । नेपाली सामानभन्दा विदेशी सामानको माग बढी रहेको छ ।’
न्युरोडका व्यवसायी लक्ष्मण श्रेष्ठले पनि व्यापार कम भएको बताए । उनले भने, ‘देशमा अस्थिरताका कारण ग्राहक कम भएका छन् । तर जाडोका स्वीटर र ज्याकेटको विक्री ठिकै भइरहेको छ ।’
अर्का व्यवसायी अर्जुनराज शाक्यले भने, ‘युवाहरु विदेश हुँदा व्यापारमा ठूलो असर परेको छ। बुढाबुढीहरूले एकचोटी किनेपछि वर्षौंसम्म त्यसै लगाउने भएकाले विक्री सुस्त छ । अहिले जाडोमा तातो कपडाको माग बढी छ । उलनका कपडा र मखमल शालहरू बढी मागमा छन् । नेपाली कपडामा गुणस्तर र डिजाइन बाहिरी समानजस्तो छैन, त्यसैले विदेशी सामानको बिक्री बढी भइरहेको छ।’
व्यवसायीहरूका अनुसार, ग्राहक घट्नु, कामदारको अभाव र विदेशी सामानको उच्च मागका कारण व्यवसायिक उत्साह घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया