संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्छ : महामन्त्री जबरा

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर जबराले संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व नै संकटमा पर्ने टिप्पणी गरेका छन्  । 

मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै महामन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन् । 

उनले विश्वका कतिपय विकसित देशहरूले समेत राजसंस्थालाई कायमै राखेको उदाहरण दिँदै नेपालमा पनि संवैधानिक राजसंस्था अपरिहार्य रहेको तर्क गरे । 

उनले मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एक मात्र विकल्प संवैधानिक राजसंस्था भएको जिकिर गरे । 

उनले विगतमा समेत राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्रय कायम गर्नुपर्ने बताए । 

महामन्त्री जबराले भने, ‘१९ वटा विकसित देशहरूमध्ये आज पनि ११ वटा देशमा अहिले पनि विभिन्न प्रकारका राजसंस्थाहरू आजको दिनमा पनि विद्यमान छन् । हाम्रो यहाँ २१औँ शताब्दीमा पनि राजाको कुरा गरे भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ । ती ११ वटा विकसित प्रजातान्त्रिक देशहरू आजको दिनमा पनि कुनै न कुनै रुपमा राजालाई किन राखिरहेका छन् त ?बेलायको राजालाई अष्ट्रेलिया र क्यानडामा समेत मान्छन् । के त्यहाँका जनताले आफ्नै राष्ट्रपति राख्न सक्थेनन् ? जापान जस्तो विकसित देशमा आज पनि राजा राखेका छन् । खाडी मुलुकहरूमा आज पनि राजा राखेका छन् । हाम्रो देशमा अहिलेको लागि उचित भनेको संवैधानिक राजसंस्था नै हो । नेपालीका छोराले राजनीति गर्ने हो । राजसंस्थालाई राजनीतिमा तान्न खराबी हुँदैन । यो कुरा राजाले पनि बुझेको छ र हामीले पनि भन्दै आएका छौँ । विगतमा राजाले देशको लागि एक अभिभावकीय भूमिका खेल्दै आउनुभएको हो । त्यस कारण राजसंस्थाबिना यो देश अगाडि बढ्न सक्दैन । यदि संवैधानिक राजसंस्था नल्याउने हो भने देशको अस्तित्व नै नरहने स्थिति छ ।’ 

उनले नेपाललाई हिन्दु राष्ट्र घोषणासँगै संवैधानिक राजसंस्था स्थापनाको एजेण्डामा अडिग रहन अलायन्सलाई आग्रह समेत गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?