जेनजी आन्दोलनको क्रममा फरार राई लागुऔषधसहित पुन: पक्राउ

लोकपथ
252
Shares

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरले जेनजी आन्दोलनको क्रममा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  पाँचथर जिल्ला फालेलुङ गाउँपालिका–२ घर भएका  ४१ वर्षीय जंग बहादुर राई रहेका छन् । 

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राईलाई ललितपुर महानगरपालिका–२४, नागदहस्थित आफ्नो कोठाबाट खैरो हेरोइन २८० ग्रामसहित पक्राउ गरेको हो  ।

राई २०८० भदौ १७ गते १४२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानासहित सजाय भुक्तान गर्न आदेश दिएको थियो । तर भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी फरार भएका थिए ।

पक्राउ परेका राईविरुद्ध  थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?