एनपीएल सिजन-२ : चितवनविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्दै

लोकपथ
35
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । टस जित्दै चितवन राइनोजका कप्तान कुशल मल्लले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

उनको निर्णयसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्दै खेलको सुरुआत गरेको छ । प्रारम्भिक चरणमै दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन् ।

आजको खेललाई एनपीएल सिजन–२ को महत्वपूर्ण भिडन्त मानिएको छ, जहाँ दुवै टोली जित निकाल्दै अंक तालिकामा अग्रता जमाउने प्रयासमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?