काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया