सूर्यगढीका ९ विद्यालयका विद्यार्थीलाई प्रशिक्षण

लोकपथ
0
Shares

नुवाकोट । जिल्लाको सूर्यगढी गाउँपालिकाका विभिन्न ९ माध्यमिक विद्यालयहरुमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ ।

विद्यार्थीहरुलाई मेमोरी पावर, मेडिटेसन, क्यारियर काउन्सिल लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

सूर्यगढी–४ घर भइ हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक –इन्स्पेक्टर) कृष्ण गिरीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

सोमबार सूर्यगढी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा मेमोरी पावरमा विश्व रेकर्ड कायम राख्न सफल अर्पण शर्माको समेत उपस्थिति रहेको थियो । शर्माले मेमोरी पावर, मेडिटेसन लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सो क्रममा प्रहरी निरीक्षक गिरीले विद्यार्थीहरुलाई आफ्नो सिकाइ, भोगाइ, अनुभव लगायतका विषयमा बताएका थिए । साथै विद्यार्थीहरुलाई सदैव देश निर्माणका लागि अघि बढ्न सुझाव दिएका थिए ।

उक्त कार्यक्रम सुर्यगढी गाउपालिकाका अध्यक्ष सन्त बहादुर तामाङ, बागेश्वरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?