काठमाडौं । सरकारी सेवा प्रवेश तयारी कक्षा संचालन गराउने उद्देश्यले थ्री एस एजुकेसन नेटवर्कको सुरुवात गरिएको छ । आइतबार नयाँ बानेश्वरमा रहेको कार्यालयमा संस्थाको सुरुवात गरिएको हो ।
संस्थाको सुरुको दिनमा भर्ना हुँदा ५० प्रतिशत छुट पाइने संस्थाका कार्यक्रम संयोजक मन्जु भट्टले जानकारी दिइन् ।
हाललाई निजामती सेवातर्फ शाखा अधिकृत, नायब सुब्बा, खरिदार, विद्यालय निरीक्षक, प्राविधिक सहायक, नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक, शिक्षक सेवातर्फ माध्यमिक तह र आधारभूत तहका कक्षा संचालन हुनेछ ।
निकट भविष्यमा एकै छानामुनी सरकारी सेवाका प्रवेश तयारीको सम्पूर्ण तयारी कक्षा उपलब्ध गराइने भट्टले बताइन् ।
संस्थाले विद्यार्थीको विश्वासलाई कायम राख्दै आगामी दिनमा गुणस्तरीय तयारी कक्षालाई प्राथमिकतामा राखेर कक्षा अघि बढाइने संस्थाका व्यवस्थापक तथा प्रशिक्षक सन्तोष खड्काले जानकारी दिए ।
हाललाई अनलाइन माध्यमबाट कक्षा सहजीकरण गरिने र निकट भविष्यम भौतिक कक्षा समेत गराइने उनले बताए । अनलाइन माध्यमबाट आफ्नै एप र वेबसाईटबाट कक्षा उपलब्ध हुने खड्काले जानकारी दिए । हाललाई अनलाइन माध्यमबाट कक्षा संचालन गरिएपनी परीक्षा भने भौतिक रुपमा दिन सकिने व्यवस्था गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया