काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार प्रतितोला छापावाला सुनको मूल्य २ लाख ४२ हजार ३ सय रहेको थियो । आज सुनको मूल्य तोलामा ५ सयले वृद्धि भइ २ लाख ४३ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य ३ हजार १ सय ५५ रहेको छ । हिजो आइतबार चाँदीको मूल्य ३ हजार १ सय ३५ रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया