काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन प्रयोजनको लागि नेपाली सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको जानकारी दिए ।
समितिको गत असोज ९ मा बसेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
उनले भने, ‘गत असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्नको लागि एउटा कार्यदल गठन गरिएको थियो । जसमा सुरक्षा निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । त्यो कार्यदलले आफ्नो प्रतिवेदन बुझाईसकेपछि त्यही प्रतिवेदनमा आधारित रहेर एकीकृत सुरक्षा योजनामाथि व्यापक छलफल गरेर यसलाई स्वीकृत गर्ने निर्णय भएको छ । उक्त योजनामा सुरक्षा निकायहरु कसरी परिचालन हुने, सुरक्षा संवेदनशीलताका हिसाबले जिल्लाहरुबा वर्गिकरण भएर आएका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरुको परिचालनको विषय र निर्वाचनको समयमा सुरक्षा व्यवस्थापनको सम्बन्धमा सुरक्षाका योजनाहरुलाई तीन तहमा विभाजना गरिएको छ । निर्वाचनपूर्व के गर्ने ? निर्वाचनको समयमा के गर्ने ? र निर्वाचनपश्चात के गर्ने भन्ने विषयहरु पनि छन् भने राजनीतिक अभियानहरु सीमानाकामा हुने अपराधिक कुराहरुको सबै सुरक्षा व्यवस्था योजनामा समावेश गरिएको छ । यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत गरेको छ । त्यस्तै निर्वाचन प्रयोजनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न भन्दै सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ ।’
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागि रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया