कास्की कारागारबाट फरार कैदी स्याङ्जाबाट पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका ३१ वर्षीय सुनिल थापा पक्राउ परेका छन् । चेक अनादार मुद्दा रहेको उनलाई प्रहरीले आइतबार स्याङ्जाको फेदिखोला गाउँपालिका-१ बाट पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी फेदिखोला, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला कारागार, स्याङ्जामा पठाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?