सरकारले मलाई र लेखकलाई समातेर थुन्नुलाई नै सुशासन ठानिरहेको छ : ओली

लोकपथ
294
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताए । त्यसका लागि जेनजीहरुलाई संगठित गर्ने, उनीहरुको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरुको हातमा मागपत्र दिने जेनजीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताए ।

वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गरे । जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको बताए । आफूहरु बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले वर्तमान सरकारले कला विहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?