काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्व सांसद शान्ता चौधरीको अचार उद्योगमा अज्ञात व्यक्तिबाट आगलागी भएको छ ।
राजनीतिसँगै व्यवसायमा समेत सक्रिय रहेकी चौधरीले सञ्चालनमा ल्याएको सुर्खेतस्थित वीरेन्द्रनगरमा सञ्चालनमा ल्याएको अचार उद्योगमा आगलागी भएको हो ।
शुक्रबार मात्रै उनले ‘शान्ताको अचार’ को आउटलेट खोलेकी थिइन् ।
तर गएराति उनको अचार उद्योगमा अज्ञात व्यक्तिहरुले आगलागी गरेका हुन् । उनले आफ्नो उद्योगमा आगलागी गर्नेहरुमाथि कारबाहीको माग गरेकी छन् ।
‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कार्वाहीका लागि अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
उद्योगले हाल भेज र ननभेज गरी २२ प्रकारका विभिन्न अचारका परिकारहरू उत्पादन गर्दै आएको छ । सुर्खेतमा खगिसरा बुढाले शाखा सञ्चालनमा ल्याएकी हुन् ।
चौधरीले २०८० माघदेखि दाङको घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता गरेर अचार उद्योग सञ्चालनमा ल्याएकी थिइन् ।
नेपालगञ्जमा शाखा विस्तार भइसकेको छ भने बुटवल र धनगढीमा पनि नयाँ आउटलेट खोल्ने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया