काठमाडौं । नेपाल टेलिकमले बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने भएको छ। दूरसञ्चार सेवा उपयोग गरेबापत आर्थिक वर्ष २०७९/८० सम्मका बक्यौता रकम भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना नलाग्ने टेलिकमले जनाएको हो।
आइतबार सूचना प्रकाशित गर्दै टेलिकमले २०७२ मङ्सिर १ गतेदेखि २०७२ माघ मसान्तसम्म बक्यौता भुक्तानी गरेमा लाग्ने जरिवाना शुल्क पूर्ण रूपमा छुट प्रदान गरिने जानकारी दिएको छ।
यस अवसरको सदुपयोग गरी नजिकको टेलिकम कार्यालयमा गएर बक्यौता बुझाउन सबै ग्राहकलाई कम्पनीले आग्रह गरेको छ। साथै, तोकिएको अवधि भित्र बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखिएको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया