काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश भू-भागमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि सोही प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यस्तै, आज राति कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहन सक्ने र अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफै रहने महाशाखाले जानकारी दिएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया