काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले सरकारलाई निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा अध्यक्ष यादवले सुरक्षाको अवस्था र वातावरणबारे जनचिन्ता बढेको उल्लेख गर्दै भने, ‘यो सरकारको दायित्व नै निर्वाचन गराउने हो । प्रहरी प्रशासन भयभित रहँदा जनतालाई सुरक्षा दिनु र निर्वाचनको वातावरण बनाउन सरकारले कदम चाल्नुपर्छ ।’
पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनु आवश्यक रहेको भन्दै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । उनले निर्वाचन प्रणाली सुधार गरी उम्मेदवार र पार्टीले अत्यधिक खर्च नपार्ने व्यवस्था गर्नुपर्ने र संघीय संरचना सुदृढ गर्न प्रदेश सरकारलाई अधिकारसंपन्न बनाइनुपर्ने सुझाव पनि दिए ।
साथै, पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गर्दै संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया