मुख्यमन्त्री उपस्थित भएको भन्दै प्रदेश प्रमुखद्वारा आह्वान बैठक बहिष्कार

लोकपथ
994
Shares

काठमाडौं । मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख लाभले आज आह्वान गरेको बैठकमा ७ दलका नेता र कार्यकर्ताहरू सहभागी नभई बैठक बहिष्कार गरिएको हो । बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको सहभागीता रहेका कारण अन्य दलहरूले विरोध जनाएका हुन् ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवका अनुसार, वर्तमान मुख्यमन्त्री असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ ग्रहण गरेका व्यक्ति भएकाले सात दलीय गठबन्धनले बैठकमा भाग लिन अस्वीकार गरेको हो ।

प्रदेश प्रमुख लाभले मधेसमा उत्पन्न राजनीतिक संकट समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका थिए, तर गठबन्धनको बहिष्कारका कारण बैठकले अपेक्षित परिणाम निकाल्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?