काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा जीतपुरसिमरा उपमहानगर–५ घर भएको हाल ललितपुर–४ बस्ने ३१ वर्षीय मनोहर चौधरी रहेका छन् । उनले युके पठाइदिने आश्वासनमा एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
अर्को पक्राउ परेका प्युठान गौमुखी–४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् । उनीले अष्ट्रेलिया पठाइदिने भन्दै अर्को पीडितबाट २८ लाख रुपैयाँ उठाएर फरार भएका थिए ।
प्रहरीले मनोहर चौधरीलाई काठमाडौं–१० र मेघराज सुनारलाई काठमाडौं–२९ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचलमा आवश्यक अनुसन्धान र कारबाहीका लागि पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया